जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’
aarthiknews.com

रसुवा । जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई जना भाइहरूको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहेका छन । उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगेका थिए।
तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन । “एघार दिन रसुवा आसपासमा नै बसेर भाइहरूको खोजीमा जुटिरह्यौँ । तर, कहीँकतै पनि आफ्नो भाइहरूको बारेमा खबर पाउन सकेनौँ”, उनले भने, “आफन्तको न सास भेट्यो न त लास । यो पीडाले मन निकै भक्कानिरहेको छ ।”
Read full story at source (aarthiknews.com)