आशीर्वाद र अश्विनी अभिनीत साङ्गीतिक प्रस्तुति ‘नौ डाँडा काटेर’ सार्वजनिक
kendrabindu.com · Wed May 27 14:22:40 GMT 2026

काठमाडौं । म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर सुन्न सकिन्छ।
गीतका मर्मस्पर्शी शब्दहरू प्रताप शाहीले कोरेका हुन् भने सङ्गीतकार सुवास पुन मगर हुन्। गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई निकै मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित भिडियोमा जीवन्त रूपमा उतारिएको छ।
Read full story at source (kendrabindu.com)