९ नागरिक अझै बेपत्ता, दक्षिण कोरियाले नेपाल पठायो थप उद्धार टोली
kalakarmi.com · Sat Sep 12 09:08:08 GMT 2026

(फाइल तस्विर)
काठमाडौं- भोटेकोसी बाढीमा आफ्ना नौ नागरिक अझै बेपत्ता भएपछि दक्षिण कोरियाले नेपालमा खोज तथा उद्धारका लागि थप टोली पठाएको छ । ४ टन मानवीय सहायता सामग्रीसहित ८ सदस्यीय नयाँ टोली शनिबार काठमाडौं आइपुगेको हो । दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार वायुसेनाको केसी–३३० सैन्य विमानमार्फत उक्त टोली नेपाल पठाइएको हो। टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।
Read full story at source (kalakarmi.com)