झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट थप एक बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो
annapurnapost.com · Sat Sep 12 08:56:07 GMT 2026

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ ।
अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको थियो ।
Read full story at source (annapurnapost.com)