रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन
rajdhanidaily.com · Thu Aug 27 09:13:00 GMT 2026

कालिकोट । भोटेकोशीमा आएको बाढीका कारण रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा नरहरीनाथ गाउँपालिका–१ सोतरगाउँका अनिपाल विष्ट र धिरेन्द विष्ट रहेका छन् भने खाँडाचक्र नगरपालिका ९ माइतिघर भइ खाडाचक्र नगरपालिका वडा नं ५ निवासी रसुवा टिमुरे स्वास्थ्य चौकिमा कार्यरत अनमी सरिता मल्ल, उनका ३ महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाही र पलाता गाउँपालिकाका लक्ष्मण परिवार रहेको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराइले जनाकारी दिएका छन् ।
Read full story at source (rajdhanidaily.com)