अमेरिका–इरान वार्ताका लागि अमेरिकी कूटनीतिज्ञ विटकफ स्विट्जरल्याण्ड प्रस्थान
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच तय भएको महत्त्वपूर्ण वार्ता स्थगित भए तापनि अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार विटकफ अल्पाइन मुलुकतर्फ प्रस्थान गरेको जनाएका हुन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै कूटनीतिक समाचार पोर्टल एक्सियोसले विटकफ शुक्रबार नै वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान गरेको पुष्टि गरेको छ। सिएनएनका अनुसार प्रारम्भिक शान्ति सम्झौतालाई पुनः ‘सही दिशामा ल्याउने’ उद्देश्यका साथ अमेरिका र इरानबिच प्राविधिक तहका वार्ताहरूलाई अघि बढाउने प्रयास भइरहेको छ।
Read full story at source (hamrakura.com)