डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
ratopati.com · Sat Sep 12 09:15:13 GMT 2026

काठमाडौँ । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्सप्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ को प्रसारण आज (शनिबार) देखि सुरु हुने भएको छ । साँझ ९ बजे काष्ठमण्डप गोल्ड एचडी टेलिभिजनबाट प्रसारण हुने शोलाई हाइलाइट नेपालको युट्युबमा पनि हेर्न पाइनेछ ।
नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचाभन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सृजनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई समेत शोमा प्रथामिकता दिइएको छ ।
Read full story at source (ratopati.com)