बाढीपीडितका लागि नाडाद्वारा १० लाख सहयोग, जारी अटो शो निरन्तर चल्ने
kendrabindu.com · Thu Aug 27 09:13:28 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भोटेकोशी नदीको भीषण बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गर्दै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उभिन नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई उद्धार र राहतमा एकबद्ध भई सहकार्य गर्न आह्वान गरेको छ।
Read full story at source (kendrabindu.com)