राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति तय गर्नुपर्छ : झलनाथ खनाल
nagariknews.nagariknetwork.com · Sat Sep 12 09:19:59 GMT 2026

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन तथा विज्ञान–प्रविधि र नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बदलिँदो विश्व व्यवस्थाबीच नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)