रसुवा बाढीका मृतकप्रति असनमा दीप प्रज्वलन: ’विपद्मा सरकारको मात्र मुख नताकौँ’
makalukhabar.com · Sat Sep 12 09:40:44 GMT 2026

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजको आयोजनामा शनिबार साँझ दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरियो ।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चीर शान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको तत्काल पुन:स्थापनाको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त बाढीमा परी हालसम्म १ हजार ५ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने हजारौँ नागरिक अझै बेपत्ता छन् ।
Read full story at source (makalukhabar.com)