इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा
khabarhub.com · Sat Sep 12 09:41:17 GMT 2026

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो अत्यन्त महत्त्वपूर्ण मानिएको पूर्वपश्चिम पाइपलाइन (इस्ट-वेस्ट पाइपलाइन) अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ।
इराकबाट सञ्चालित इरान समर्थित लडाकुहरूले हवाई ड्रोनमार्फत आक्रमण गरी पाइपलाइनका विभिन्न खण्डमा क्षति पुर्याएपछि सुरक्षा सतर्कता अपनाउँदै यो कदम चालिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको यो निर्णयले पहिले नै उच्च रहेको अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यलाई अझै बढाउने चिन्ता थपेको छ ।
Read full story at source (khabarhub.com)