नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
gorkhapatraonline.com · Sat Sep 12 09:50:09 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच श्ययाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।
त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै घण्टा आकस्मिक सेवासहित बहिरङ्ग (ओपिडी), वार्ड, प्रयोगशाला, औषधिलगायत सुविधा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)