पशुपति क्षेत्रमा तीजका लागि सफाइ
barnanmedia.com · Sat Sep 12 09:43:01 GMT 2026

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका वाग्मती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो । त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ ।
पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)