भेरी अस्पतालमा ५० शव अट्ने आधुनिक शवगृह बनाइने
gorkhapatraonline.com · Sat Sep 12 09:57:52 GMT 2026

भेरी अस्पताल, नेपालगञ्जमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिने भएको छ । बाढी, पहिरो, भूकम्प लगायतका विपद्का समयमा एकैपटक ठूलो सङ्ख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो ।
हाल भेरी अस्पतालको शवगृहमा एकैपटक छ वटा शव मात्र राख्न सकिने अवस्था छ । विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको हो ।
Read full story at source (gorkhapatraonline.com)