भोटेकोशी बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने
nepalpress.com · Sat Sep 12 09:56:01 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ गतेदेखि सुचारु रहेको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने भनिएको थियो । तर, भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो ।
Read full story at source (nepalpress.com)