युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि
annapurnapost.com · Sat Sep 12 09:47:33 GMT 2026
काठमाडौं : नेपालले युएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको बलियो लक्ष्य पछाएको युएई ४९.१ ओभरमा २६९ रन बनाउँदै अल आउट भएको हो।
यो उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।
Read full story at source (annapurnapost.com)