सल्यानमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
bishowkhabar.com · Sat Sep 12 10:07:04 GMT 2026

सल्यान- सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार लु.प्र. ०२–००१ ज ०००५ नम्बरको बोलेरो अनियन्त्रित भई भित्री सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये आठ वर्षीय रमेश बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।
Read full story at source (bishowkhabar.com)