पोखराले पठायो १६५ बाढीप्रभावित परिवारलाई प्याकेजमा राहत
gorkhapatraonline.com · Sat Sep 12 10:12:06 GMT 2026

लेखनाथ, भदौ २७ गते । गण्डकी प्रदेशमा रहेको देशकै ठूलो महानगर पोखराले भोटेकोशी बाढी प्रभावितलाई राहत पठाएको छ ।
प्रभावित एक सय ६५ परिवारका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, विस्तारा, भाँडाकुँडा लगायतका सामग्रीको सेट महानगरपालिकाले पठाएको हो । ती राहत सामग्री लिएर पाँच वटा ट्रक र नगर प्रहरीको भ्यान गरी छ वटा सवारीसाधन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)