राप्रपाले मङ्सिरमा केन्द्रीय महाधिवेशन गर्ने
gorkhapatraonline.com · Sat Jun 20 11:28:25 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २०८३ मङ्सिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। काठमाडौँमा असार ५ र ६ गते पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ।
यसैगरी आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ भने आगामी कात्तिक ११ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मङ्सिर ७ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने निर्णय गरेको छ। प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने राप्रपाले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)