भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु , पुटिनदेखि सी चिनफिङसम्म सहभागी
barnanmedia.com · Sat Sep 12 10:31:16 GMT 2026

भारतको राजधानी नयाँदिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्राध्यक्ष, मन्त्री तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरू नयाँदिल्ली पुगेका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियर, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्ला, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआङ्केटकियो र बुरुण्डीका राष्ट्रपति एभारिस्त न्दायिशिमिये नयाँदिल्ली आइपुगेका छन्।
Read full story at source (barnanmedia.com)