बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र
ratopati.com · Sat Sep 12 10:54:23 GMT 2026

रुपन्देही । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नाराका साथ उद्योग व्यापार सङ्घ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ।
आगामी पुस ३ देखि १६ गतेसम्म बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले तयारी तीव्र पारेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि साइनबोर्ड तथा लोगो अनावरण गरिनुका साथै मेला सम्पन्न गर्न गठित २९ वटा उपसमितिका संयोजकको नामावली सार्वजनिक गरिएको छ ।
Read full story at source (ratopati.com)