चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश
aarthiknews.com

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र खोज तथा उद्धार गर्नका लागि टोली प्रवेश गरिसकेको छ । टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्नका लागि टोली एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टलेको भित्री भागसम्म पुगेका हुन् ।
टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ ।
Read full story at source (aarthiknews.com)