प्रधानमन्त्री बालेनको भनाइ शतप्रतिशत सही हो, सुरुङभित्रको उद्धारमा कुनै जादुमयी मेसिन बनेको छैनः सुरुङ विशेषज्ञ प्रा. डिक्स
canadanepal.com · Sat Sep 12 10:59:55 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि प्रतिनिधिसभा संसद्मा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिप्रति ऐक्यबद्धता जनाउँदै सुरुङभित्रको उद्धारका लागि संसारमा कुनै पनि जादुमयी उपकरण नबनेको बताएका छन् ।
हालै एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रोफेसर डिक्सले प्रधानमन्त्री शाहको उक्त भनाइ शतप्रतिशत सही रहेको स्पष्ट पारेका हुन् । ‘यदि यो काम गर्न सक्ने कुनै जादुमयी मेसिन हुन्थ्यो भने, पक्कै पनि प्रयोगमा ल्याइने थियो । तर त्यस्तो मेसिनको अस्तित्व नै छैन,’ डिक्सले भने, ‘अन्त्यमा, सुरुङभित्र मानिसहरूको उद्धार गर्ने काममा आफ्नै हात र मानवीय प्रयासकै प्रयोग गर्नुपर्छ ।’
Read full story at source (canadanepal.com)