कांग्रेस प्रवक्ता चालिसेको टिप्पणी- रास्वपा राजनीतिक दल बन्ने परीक्षामा छ
nepalpress.com · Sat Sep 12 10:57:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रास्वपा अहिले राजनीतिक दलका रूपमा स्थापित हुने परीक्षाको चरणमा रहेको बताएका छन्। असन्तुष्टि र विरोधको आधारमा मात्रै राजनीतिक दल बलियो बन्न नसक्ने उनको टिप्पणी छ।
असन्तुष्टिको भेल र बाढी कुनै पनि बेला प्रलय बन्न सक्ने भए पनि भेल आफैंमा नदी बन्न नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘रास्वपा राजनीतिक दल बनोस्, शुभकामना छ। तर शुभकामनाले दल बन्दैन, परीक्षाले बनाउँदोरहेछ।’
Read full story at source (nepalpress.com)