गुल्मीमा मोटरसाइकलको ठक्करबाट सात घाइते
annapurnapost.com · Sat Sep 12 10:55:09 GMT 2026

गुल्मी : गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलको ठक्करबाट ५ पैदलयात्रीसहित सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा मदाने गाउँपालिका–४ धारापानीका १७ वर्षीय मोटरसाइकल चालक खुमबहादुर सुनार र मोटरसाइकलको पछाडि सवार २० वर्षीय माधव सुनार घाइते भएका छन्।
Read full story at source (annapurnapost.com)