कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन : इन्द्र बानियाँ
ratopati.com · Sat Sep 12 11:18:27 GMT 2026

हेटौँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताएका छन् । उनले सङ्घीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनः तालिकाकरणको व्यवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।
शनिबार हेटौँडामा आयोजित निर्माण व्यवसायी सङ्घ मकवानपुरको २६औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले सरकार फरक भए पनि राम्रो नीति र निर्णयको समर्थन गर्न सक्ने संस्कारको विकास हुनुपर्ने धारणा राखे ।
Read full story at source (ratopati.com)