१० दिनसम्म सुरुङमा जोगिएका सञ्जय साह भन्छन् 'आधा घण्टा समय पाएको भए हामी सबै बच्थ्यौँ'
ukeraa.com

भोटेकोशी बाढीपछि त्रिशूली जलविद्युत् टनेलमा १० दिन फसेर चमत्कारिक रूपमा जीवितै उद्धार भए सञ्जय शाह। उनी उपचारपछि घर फर्किसकेका छन्। घर फर्किएका उनै शाह आफू बाँच्नु चमत्कार भएको बताउँदै यदि आधा घण्टा समय पाएको भए सबैलाई जोगाउन सक्ने मात्र बताएनन्, आफू १० दिन सुरुङमा के गरेर बसेँ भन्ने पनि खुलाए।
शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका साहले उनीसँगै सुरुङ भित्रबाट जीवित उद्धार गरिएका कबिर महर्जनबारे समेत बताएका छन्। जब बाढी सुरुङ भित्र छिर्यो त्यो बेलामा यी दुवैको भेट सुरुङ भित्रै भएको थियो। उनीहरू जोगिन माथि जान थाले। तर बाढीले छालले दुबैलाई अलग गरायो।
Read full story at source (ukeraa.com)