यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्रा पर्वका विभिन्न साइतहरू सार्वजनिक गरेको छ। भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुने यस पर्वअन्तर्गत इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्नका लागि वन यात्रा जाने साइत आगामी भदौ २८ गते आइतबार बिहान ९:५३ बजेको तय गरिएको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
समितिले दिएको जानकारी अनुसार भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने साइत सोही दिन राति ८:४७ बजेको रहेको छ। यसैगरी, तयार पारिएको लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८:०५ बजे र इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) को साइत असोज ७ गते बुधबार बिहान ७:४७ बजे निर्धारण गरिएको छ।
Read full story at source (hamrakura.com)