असन्तुष्टिको आगोमा उदाएको रास्वपा अब ‘परीक्षा’ को चरणमा : चालिसे
ratopati.com · Sat Sep 12 11:55:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै असन्तुष्टिको चौतारोबाट देश चलाउन नसकिने टिप्पणी गरेका छन्। रास्वपाको उदय र त्यसले अङ्गालेको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले अब रास्वपाको ‘असली परीक्षा’ सुरु भएको बताएका छन् ।
रातोपाटीसँग कुरा गर्दै प्रवक्ता चालिसेले विगतमा अन्य दल र सरकारका कमजोरीलाई ऐना बनाएर रास्वपा उदाएको उल्लेख गर्दै अहिले सोही प्रश्न जनताले रास्वपातिर तेर्स्याएको बताए । उनले भने, ‘हिजो अरूलाई प्रश्न गर्नु रास्वपाको राजनीतिक पुँजी थियो, तर आज उनीहरू आफैँ उत्तर दिने ठाउँमा छन्। हिजोको असफलतालाई निन्दा गरेर आजको सफलता प्रमाणित हुँदैन।’
Read full story at source (ratopati.com)