बाढीपहिरोपछि व्यवसायीको सुझाव : ‘जग्गा किन्नुअघि जोखिम हेर्नुहोस्’
kalakarmi.com · Sat Sep 12 12:00:05 GMT 2026

काठमाडौं- पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ । रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी, पहिरो, हिमताल विस्फोट तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न घर बनाउनुअघि नै भौगोलिक जोखिम हेर्नुपर्ने बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले सुरक्षित आवास निर्माणका विषयमा उपभोक्तालाई जानकारी दिनुपर्ने आवश्यकता बढेको बताए । उनका अनुसार पछिल्लो विपद्पछि आवास कहाँ र कस्तो ठाउँमा निर्माण गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । ‘कस्ता ठाउँमा बस्दा जोखिम हुन्छ र कस्ता ठाउँमा सुरक्षित हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ,’ घिमिरेले भने,’घर बनाउने वा जग्गा किन्ने निर्णय गर्नुअघि त्यस ठाउँको जोखिमबारे जानकारी लिनुपर्छ ।’
Read full story at source (kalakarmi.com)