मन्त्री पुनले अपिल गरे लगत्तै दुबईमा अलपत्र श्रमिकको उद्धार
ratopati.com · Sat Sep 12 12:23:17 GMT 2026

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा अलपत्र परेका नेपाली श्रमिक सुनिल लुंगेली मगरको सकुशल उद्धार भएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो ।
विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत उद्धार गर्न अपिल गरेलगत्तै ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो । मन्त्री पुनले उनको उद्धार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)