अजोज ६ गतेदेखि पुल्चोक कप छात्रा फुटबल हुँदै
gorkhapatraonline.com · Sat Sep 12 12:22:04 GMT 2026
गुल्मीको पुल्चोक स्पोर्ट क्लवले सातौं पुल्चोक कप खुल्ला विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको छ । रेसुङ्गा नगरपालिका –७ को उनायचौरमा आगामी असोज ६ गतेदेखि १० गतेसम्म हुने प्रतियोगीतामा ११ बिद्यालय भिड्ने भएका छन् ।
प्रतियोगिता कक्षा १० सम्मका छात्रा र कक्षा ११ र १२ का छात्रा गरी दुई चरणमा सम्पन्न हुने क्लवले जनाएको छ । कक्षा १० सम्म सिद्धबाबा मावि, ब्रिलियन्ट युनाइटेड एकेडमी, महेन्द्र मावि, अर्जुन इङ्लिस बोर्डिङ स्कूल, गण्डकी इङ्लिस बोर्डिङ स्कूल र आदर्श विद्या आश्रमले सहभागिता जनाएका छन् ।
Read full story at source (gorkhapatraonline.com)