विराटनगरमा भाडाका कोठा तस्करीको गोदाम
annapurnapost.com · Sat Sep 12 12:14:56 GMT 2026

विराटनगर : विराटनगरमा घरको कोठा भाडामा लिएर तस्करीका सामान लुकाउने र त्यहाँबाट विभिन्न बजारमा पठाउने क्रम बढेको पाइएको छ। पछिल्लो समय परिवार बस्ने प्रयोजनका लागि भाडामा लिइएका कोठा नै तस्करीका सामान राख्ने गोदामका रूपमा प्रयोग हुने गरेको खुलेको हो।
विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरमा भाडामा लिइएको कोठाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा रेडिमेड कपडा बरामद गरेको छ। परिवार बस्ने भन्दै करिब ६ महिनाअघि पर्शुराम पौडेलको घरको कोठा भाडामा लिइएको भए पनि त्यहाँ मानिस भने नबसी भारतबाट तस्करी गरी ल्याइएका कपडा राख्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए।
Read full story at source (annapurnapost.com)