इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
ratopati.com · Sat Sep 12 12:39:49 GMT 2026

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
रुख काट्ने साइत राति ८ः४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले जानकारी दिए । लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ ।
Read full story at source (ratopati.com)