अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन संसदीय दलको सिफारिस
deshsanchar.com · Fri Aug 28 14:50:36 GMT 2026

दाङ– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ। जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन्। त्यसै दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेशसभाबाट निष्कासन गर्न अनुरोध गरेको छ।
Read full story at source (deshsanchar.com)