खरिद ऐनमा भएको संशोधन सकारात्मक : पूर्व मुख्यमन्त्री बानियाँ
gorkhapatraonline.com · Sat Sep 12 12:38:38 GMT 2026

मकवानपुर, भदौ २७ गते । निर्माण ठेक्कामा विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरिएको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुरको २६ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनको शनिबार भएको उद्घाटन कार्यक्रमका वक्ताहरुले सूचना र प्रविधिको युगमा पुनः परम्परागत प्रणालीतर्फ जानु उपयुक्त नभएको भन्दै यस्तो माग गरेका हुन् ।
सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) बन्द गरी विकल्पमा निर्माण ठेक्कामा पुनः हार्डकपी माग गर्नुले निर्माण व्यवसायसँगै सरकारलाई चुनौती थपिने भन्दै वक्ताहरु इ–जीपी प्रणाली ह्याक भएको बहानामा बन्द गर्नु उचित नभएकोले तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका थिए ।
Read full story at source (gorkhapatraonline.com)