जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
canadanepal.com · Sat Sep 12 12:37:37 GMT 2026

बनेपा – काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन गर्दै जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता दिन थालेको छ । विपद्का घटनाबाट जनधनको क्षति बेहोर्दै आएको यस जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा १४ हजारभन्दा बढी विपद्का घटना भएका छन् ।
बाढी, पहिरो, आगलागी, चट्याङ, करेन्ट लाग्ने, महामारी तथा जनावरको आक्रमणदेखि लडेर मृत्यु हुनेलगायत घटनाबाट जनधनको क्षति बेहोर्दै आएको यस जिल्लाले पूर्वतयारीका क्रियाकलापलाई प्राथमिकतामा दिएको हो । भौगोलिक विविधता र जटिल भू–बनोटका कारण विपद्को जोखिममा रहेको जिल्लामा विगतका घटनाबाट प्राप्त अनुभवका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त बस्तीको पहिचान तथा रेखांकन, प्रतिकार्य क्षमता अभिवृद्धि, राहत तथा पुनःस्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका योजना अघि बढाएको हो ।
Read full story at source (canadanepal.com)