बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग
makalukhabar.com · Sat Sep 12 12:50:10 GMT 2026

पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए । “देशमा ठूलो सङ्कट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम उपलब्ध गराएको हुँ”, उनले भने । बाढीबाट प्रभावित रसुवाका करिब ५० परिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको पनि उनले बताए ।
Read full story at source (makalukhabar.com)