महाधिवेशनको तयारीमा कांग्रेसको संस्थापनइत्तर पक्ष, खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (नामसहित)
annapurnapost.com · Sat Sep 12 12:47:34 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष महाधिवेशन गर्नका लागि तयारीमा जुटेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले अधिवेशनको गतिविधि गर्न लागेकोले आफूहरु पनि तयारीमा जुटेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिए।
देउवा पक्षले कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१,२२ र २३ गते गर्ने घोषणा गरेको छ। शनिबार देउवा पक्षका सचिवालय समन्वय समितिका संयोजक कुइँकेलले विज्ञप्ति जारी गर्दै महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको जानकारी दिए।
Read full story at source (annapurnapost.com)