सिरहा घटनाको भिडियो काटेर भ्रम फैलाउने प्रयास भयो : मन्त्री पोखरेल
kendrabindu.com · Sat Sep 12 13:18:46 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिरहाको औरही गाउँपालिकामा भएको घटनाबारे स्पष्टीकरण दिएका छन्। उनले दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफू कार्यक्रमस्थलबाट बाहिरिएको बताएका छन्।
मन्त्री पोखरेलले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिपका आधारमा सम्पूर्ण सन्दर्भ बङ्ग्याएर भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन्। उनले पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने बताएका छन्।
Read full story at source (kendrabindu.com)