पोखरा बसपार्कमा डोजर चल्दा ढले ३२० सटर
nagariknews.nagariknetwork.com · Sat Jun 20 14:11:55 GMT 2026

पोखरा बसपार्कको बास्तोला कम्प्लेक्समा पनि अन्ततः डोजर चलेको छ । बसपार्क भित्रका अन्य घर, टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन । जसले गर्दा स्थानीयले बास्तोला कम्प्लेक्समा डोजर नचल्ने हो कि भन्ने शंकाको दृष्टिकोणले हेर्ने गरेका थिए । तर शनिबार अन्ततः बास्तोला कम्प्लेक्समा पनि डोजर चलेको छ ।
बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न ३ वटा डोजर चलेको थियो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहित सहकारीका संरचनाहरु ढलेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्र क्लियर गर्ने क्रम जारी रहेको बताए । बिहीबार हामीले उत्तरी र दक्षिण पूर्वका संरचनाहरु भत्कायौं,उनले भने,‘आज पूर्वोत्तर क्षेत्रमा रहेका बास्तोला कम्प्लेक्स र त्यस भित्र रहेका सटरहरु भत्कायौं ।’ उनले सम्वाद र सहमतिबाटै बसपार्कका संरचना हटाउने प्रयास भइरहेको पनि स्पष्ट पारे ।
Read full story at source (nagariknews.nagariknetwork.com)