घसियारन समुदायको बदलिँदो जीवन, पुर्ख्यौली पेशा सङ्कटमा
gorkhapatraonline.com · Sat Sep 12 13:34:32 GMT 2026

नेपालगन्ज, भदौ २७ गते । कुनै समय नेपालगन्जका गल्ली, चोक र बस्तीमा घाँसका भारी देखिन्थे । बिहानैदेखि महिलाहरू काँधमा घाँसको भारी बोकेर बजारतिर निस्कन्थे । घरघरमा पशुपालन सामान्य थियो । घाँस काट्नु, बेच्नु र त्यसैबाट परिवार चलाउनु घसियारा समुदायको पहिचानजस्तै थियो ।
समय फेरियो । सहर फैलियो । खेत र खुला जमिन घट्दै गए । पशुपालनको परम्परा कमजोर भयो । घाँस बेचेर परिवार पाल्ने पुरानो बाटो विस्तारै बन्द हुँदै गयो । तर त्यससँगै सङ्घर्ष भने रोकिएन । घाँस बेचेर गुजारा चलाउँदै आएका नेपालगन्ज उपमहानगरपालिका–८ महेन्द्र पार्कनजिकको घसियारन टोलका महिलाहरूले जीविकाको नयाँ बाटो खोजे—सालको पात ।
Read full story at source (gorkhapatraonline.com)