प्रधानमन्त्रीको सह्राहनीय पहल : निजी क्षेत्रसँग संवादको नयाँ अध्याय
barnanmedia.com · Sat Sep 12 13:48:17 GMT 2026

आर्थिक मन्दी, लगानीको खडेरी र निजी क्षेत्रको खस्किँदो मनोबलबीच प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रसँग संवाद थालेका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री शाहले देशका प्रतिष्ठित व्यावसायिक घरानाका नेतृत्वसँग गरेको दुई घण्टा लामो खुला संवादले सरकार र निजी क्षेत्रबीचको दूरी घटाएको छ। यो संवाद केवल औपचारिक भेटघाट नभई आर्थिक पुनरुत्थानको आधारशिला बन्न सक्नेछ।
अहिले नेपालको अर्थतन्त्र गम्भीर संकटबाट गुज्रिरहेको छ। भोटेकोसी बाढीले करिब ७ खर्बको क्षति गरेको छ। बैंकिङ प्रणालीमा ५० खर्बभन्दा बढी तरलता थुप्रिएर बसेको छ, तर लगानी भने शून्यप्रायः छ। उद्योगी-व्यवसायीहरू अनाहकको धरपकड, अस्थिर नीति र नीतिगत असहजताका कारण त्रसित बनेका छन्। यस्तो विषम परिस्थितिमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई विश्वासमा लिएर गरेको संवादले एउटा स्पष्ट सन्देश दिएको छ- सरकार र निजी क्षेत्र शत्रु होइनन्, विकासका साझेदार हुन्।
Read full story at source (barnanmedia.com)