१४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग भदौ मसान्तभित्रै खुलाउने तयारी
nepalnews.com · Sat Sep 12 14:03:27 GMT 2026

काठमाडौं। त्रिशूली नदीमा आएको बाढीले सडकको आधार नै कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग भदौ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। धादिङको कृष्णभीरमा भदौ १४ गते करिब एक सय मिटर सडक भासिएपछि काठमाडौं जोड्ने यो मुख्य मार्ग ठप्प भएको थियो।
सडक भासिएको स्थानभन्दा माथिबाट नयाँ ट्रयाक खोल्ने कार्य सकिएको नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले जानकारी दिइन्। पहाड काटेर करिब २५० मिटर ट्रयाक जोड्ने काम सम्पन्न भएसँगै अब ग्राभेल र रोलिङको काम सुरु गरिने उनले बताइन्।
Read full story at source (nepalnews.com)