प्रधानसेनापति सिग्देल बेइजिङ जाँदै
annapurnapost.com · Sat Sep 12 14:10:37 GMT 2026

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाँदैछन्।
प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।
Read full story at source (annapurnapost.com)