बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा साउदीस्थित नेपाली दूतावासमा शोकसभा
annapurnapost.com · Sat Sep 12 14:16:58 GMT 2026

साउदी : रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत आसपासका क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा साउदी अरबस्थित नेपाली दूतावास र नेपाली वाणिज्य दूतावासले शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावास रियादकी कार्यवाहक राजदूत सिर्जना अधिकारीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति दूतावासको गहिरो सहानुभूति रहेको बताइन्।
Read full story at source (annapurnapost.com)