दुई वर्षदेखि बन्द सडक खुलाउन जुट्यो सेना
gorkhapatraonline.com · Sat Sep 12 14:34:25 GMT 2026

कालीकोटको सदरमुकाम मान्म बजार प्रवेश सडक खुलाउन नेपाली सेना आफैँ जुटेको छ । २०८१ साल फागुन २० गते खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निमार्णका लागि जग खन्दा पहिरो गएर अवरूद्ध भएको बजारको मुख्य सडक मर्मतमा नेपाली सेना जुटेको हो ।
नगरपालिकाले सडक मर्मत नगरेपछि लामो समय अवरूद्ध बनेको थियो । सडकको दयनीय अवस्था र आवागमनमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाको देवीबक्स गुल्म, कालीकोटको टोलीले सडक मर्मत काम सुरु गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)