ग्यास लुकाएर राखे तत्काल कारबाही गर्ने प्रशासनको चेतावनी
saralpatrika.com · Sat Sep 12 14:59:44 GMT 2026

काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गरिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको र बढी मूल्य तिर्नुपरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिक्रेता तथा वितरकलाई कडा चेतावनी दिएको छ।
प्रशासनले ग्यास उद्योग वा डिलरबाट ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ। साथै, जिल्लाभर ग्यासको आपूर्ति, भण्डारण र वितरणबारे सघन अनुगमन सुरु गरिएको जनाएको छ।
Read full story at source (saralpatrika.com)