घटनाको सन्दर्भ बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरियो: शिक्षामन्त्री पोखरेल
nepaltvonline.com · Sat Sep 12 15:10:19 GMT 2026

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनुभएको छ ।मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पार्नुभएको हो ।
उहाँका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उहाँले बताउनुभयो ।
Read full story at source (nepaltvonline.com)