नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसिया : नेपालीको हातबाट गुम्ने खतरा
annapurnapost.com · Sat Sep 12 15:16:01 GMT 2026

भक्तपुर : श्रम गन्तव्य राष्ट्र मलेसियाले नेपालबाट कामदार लैजान २५ वटा म्यानपावर कम्पनीलाई मुख्य एजेन्टमा निरन्तरता दिएको छ। मलेसियाली सरकारको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई एक पत्र पठाउँदै नेपालका २५ कम्पनीलाई मुख्य एजेन्सी छनोट तथा स्वीकृत गरेको औपचारिक जानकारी गराएको हो।
नेपालबाट कामदार लैजान मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा स्वीकृत २५ वटा मुख्य एजेन्सीको सूची समेत सार्वजनिक गरिएको छ। त्यससंगै मलेसियाले प्रत्येक मुख्य एजेन्सीका लागि १० वटासम्म सहयोगी वा सम्बद्ध सहायक एजेन्सी राख्न सकिने समेत स्पष्ट पारेको छ।
Read full story at source (annapurnapost.com)